Oplus_131072
महोत्तरी - महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरमा आइतबार राति दुई घरमा चोरी भएको छ। स्थानीय नथुनी महतो र अलाउदिन अंसारीको घरमा मध्यरातमा अज्ञात समूहले चोरी गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार राति करिब १ बजेतिर भएको उक्त घटनामा महतोको घरबाट करिब दुई लाख रुपैयाँ बराबरका सुनका गहना र नगद रकम चोरी भएको छ। त्यस्तै, अंसारीको घरबाट तीन लाख ५० हजार रुपैयाँ नगद र करिब सात लाख रुपैयाँ बराबरका सुनचाँदीका गहना चोरी भएको बताइएको छ।
घटनाको खबर पाएलगत्तै प्रहरी निरीक्षक राजेशकुमार बास्तोलाको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको इलाका प्रहरीले जनाएको छ। चोरीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको र छिट्टै पक्राउ पर्ने विश्वास प्रहरीले व्यक्त गरेको छ।




