शर्मिला घिमिरे
धनुषा । बटेश्वर गाउँपालिका–२ सितापुर खोरियास्थित मधेश प्रदेशस्तरिय फुटवल म्याचको आइतवार भएको उदघाटन खेल जनसेवी फुटवल क्लव बर्दिवासले जित हासिल गरेका छन् ।
उदघाटन पहिलो खेल जनसेवी युवा क्लव बर्दिबास- २ र कटारी एफसी उदयपुरबीच प्रतिस्पर्धा भएको थियो । जसमा बर्दिबासले उदयपुर टीमलाई दुई गोलले पराजित गर्दै जित हात पारेको हो ।
निर्धारित समय मै बर्दिबास टिमका प्रदीप लामा र आदित्य साक्यले १-१ गोल गरेका थिए । तर उदयपुर टिमले कुनै गोल गर्न सकेन ।

वनदेवी माई खेल मैदानमा आइतवारदेखि सुरु भएको खेलको उदघाटन बटेश्वर गाउँपालिका अध्यक्ष रामअशिष महतो, उपाध्यक्ष फुल कुमारी सिंहले गरेका थिए ।
वनदेवी माई युवा क्लवका अध्यक्ष नरेन्द्र प्रसाद रायको अध्यक्षतामा आयोजित उदघाटन समारोहमा बटेश्वर गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष, वडा अध्यक्ष लगायत विभिन्न क्षेत्रका विशिष्ट ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

मंगलवारमा हुने खेलमा रोमन फुटवल क्लव हरिवन सर्लाही र धनुषा जिल्ला फुटवल संघ धनुषा विच हुने स्थानिय युवा अजय कारकले बताए । जनसेवी फुटबल क्लब बर्दिबास महोत्तरी,कटारी फुटबल क्लब उदयपुर,बनदेवीमा युवा क्लब सीतापुर धनुषा गोलबजार युनाइटेड, एफ सी सिराहा,रोमन फुटबल क्लब हरिओन सरलाई धनुषा जिल्ला फुटबल संघ धनुषा, बीरगञ्ज युनाइटेड पर्सा , न्यू शिवशक्ति युवा क्लब सिन्धुलीले खेलमा भाग लिएका छन् ।

फाइनल खेल कार्तिक ११ गते हुनेछ । खेल विजेता टिमलाई मेडलसहित नगद १ लाख पचास हजार र उपविजेता टिमलाई मेडलदसहित ५५ हजार नगद पुरस्कारले सम्मान गरिने आयोजकले जनाएको छ । छुट्टाछुट्टै खेलाडीहरूको खेलका आधारमा नगद शिल्ड तथा मेडलको व्यवस्था पनि गरिएको छ।
खेलाडीहरूको मनोबललाई वृद्धि गर्न तथा नयाँ पुस्ताका अब्बल खेलाडी निस्किउन भन्ने उद्देश्यले खेलमा प्रोत्साहन दिलाउन यो कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाए ।




