जनकपुरधाम - मधेश प्रदेश सरकारले छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै यससम्बन्धी जानकारी गराएको हो।
मन्त्रालयका अनुसार, प्रदेश सरकारले कार्तिक ११ गते मंगलबारका दिन मधेश प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ।
यो विदा प्रदेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा सम्बन्धी सूचना अन्तर्गत थप गरिएको हो। छठ पर्वको मूल पूजा कार्तिक १० गते परेको छ।





