गौशाला (महोत्तरी) -महोत्तरीको गौशालामा एक पुरुषको शव फेला परेको छ।
इलाका प्रहरी कार्यालय गौशालाको अनुसार गौशाला नगरपालिका–५, माछा बजार क्षेत्रमा एक पुरुषको शव फेला परेको हो । स्थानीयले शनिवार विहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउना प्रहरी टोली घटनास्थल पुगेर आवश्यक मुचुल्का उठाइ शव परिक्षणको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको इप्रका इन्चार्ज इन्स्पेक्टर रमेश लामाले बताउनु भयो । उहाँले फेला परेको शव सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चिया बस्ने २५ वर्षीय रामानन्द बैठाको रहेको जानकारी दिनु भयो ।
स्थानीयका अनुसार, मृतक बैठा करिब ३–४ वर्षदेखि गौशालास्थित विभिन्न होटलहरूमा काम गर्दै जीविकोपार्जन गर्दै आएका थिए। केही समयदेखि उनी ज्वरो आएर स्वास्थ्य समस्याबाट पीडित रहेको थियो ।
अत्यधिक मादक पदार्थ सेवनको कारण मृत्यु भएको हुन सक्ने आशंका प्रहरीले गरे पनि शव परिक्षण पश्चात मात्र केहि ठोस कारण भन्न सकिने प्रनि लामाले बताउनुभयो ।
घटनाबारे थप अनुसन्धान अघि बढाएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।




