विजय कुमार साह,धनुषा - धनुषाको ढल्केवरमा अवस्थित सबस्टेशन देशकै सबैभन्दा ठूलो विद्युत् सबस्टेशन तथा अन्तरदेशीय प्रसारण केन्द्रका रूपमा परिचित छ। यो नेपालकै पहिलो २२० केभी क्षमताको सबस्टेशन हो, जसले नेपाल र भारतबीच सो भोल्टेज स्तरमा पहिलो अन्तरसम्बन्ध स्थापना गरेको हो।
ढल्केवर सबस्टेशन भारतबाट विद्युत् प्राप्त गर्ने र देशभरका प्रमुख लोड सेन्टरहरूमा विद्युत् प्रसारण गर्ने मुख्य केन्द्रका रूपमा सञ्चालनमा रहेको छ। यस सबस्टेशनमार्फत आयात–निर्यात दुवै प्रयोजनका लागि विद्युत् प्रवाह हुने भएकाले यो नेपालको ऊर्जा प्रणालीको मुटु मानिन्छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार ढल्केवर सबस्टेशनले देशभरका औद्योगिक, व्यावसायिक तथा घरेलु क्षेत्रका उपभोक्तालाई स्थिर र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।




