शर्मिला घिमिरे
बटेश्वर । १३ औं वनदेवी माई अध्यक्ष गोल्डकप २०८२ को उपाधि विरगंज यूनाइटेड पर्साले जित्न सफल भएको छ । बटेश्वर गाउँपालिका–२ सितापुर खोरियास्थित १३ औं वनदेवी माई अध्यक्ष गोल्डकप २०८२ को फाइनल खेल विरगंज यूनाइटेड पर्साले जितेको छ । मंगलवारमा वनदेवी माई क्लवको खेल मैदानमा जनसेवी फुटवल क्लव बर्दिवास र विरगंज यूनाइटेड पर्साविच भएको रोमाञ्चक खेल पेलान्टीमा एक गोलले पर्साले जितेकोे हो ।




जनसेवी फुटवल क्लव बर्दिवासले सुरुमा गरेको गोल विरगंज यूनाइटेड पर्साले १० मिनेटमै फर्काएपछि बरावरमा खेल समापन भएको थियो । पेलान्टीमा बर्दिवास टिम एक गोलले हार व्यहोरेको हो।

विजेता टिम विरगंज यूनाइटेड पर्सालाई बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतो र उपाध्यक्ष फूल कुमारी सिंहले मेडलसहित १ लाख ५५ हजार रुपैयाको चेक प्रदान गरेका छन् । उपविजेता टिम जनसेवी फूटवल क्लव बर्दिवासलाई मेडलसहित ५५ हजारको चेक प्रदान गरेका छन् ।

खेलमा बेस्ट गोलकिपर वीरगञ्जका दिलिप मणि चौधरीले ट्रफी सहित २००५ नगद पुरस्कार प्राप्त गरेका थिए भने बेस्ट डिफेन्डर पुरस्कार नगद रु २००५ सहित ट्रफी जनसेवी . बर्दिबासका टिम क्याप्टेन कुलद्वीप कार्कीले प्राप्त गरेका थिए । बेस्ट मिडफील्डरको विजेता बीरगञ्ज युनाइटेडका अभिषेक चौधरीले रु २००५ सहित ट्रफी पुरस्कार पाएका थिए
सर्वाधिक गोलकर्ता वीरगञ्ज युनाइटेडका अभिषेक चौधरीले ट्रफी सहित नगद रु २००५ पुरस्कार पाएका थिए।
बेस्ट प्रशिक्षकको पुरस्कार बीरगञ्ज युनाइटेडका मुन्ना चौधरीले ट्रफी सहित रु २ हजार५नगद पुरस्कार पाएका थिए।
कार्तिक २ बाट सञ्चालन भएको खेल कार्तिक ११ गते समापन भएको थियो।

खेलको अध्यक्षता गरेका नरेन्द्रप्रसाद रायले खेललाई सफल बनाउन हामीमाथि विश्वास गरी सहयोग गर्नुहुने सम्पूर्णमा विशेष धन्यवाद भन्दै आगामी दिनमा पनि यस्ता खेलहरूको आयोजना गरी युवा पुस्तालाई मानसिक शारीरिक रूपमा तन्दरुस्त बनाउने लक्ष्य रहेको बताए। खेलले शारीरिक रुपमा मात्र तन्दरुस्त हुने होइन मानसिक रूपमा पनि बलियो बनाउँछ। खेल एउटा उमेर समूहको लागि मात्र आवश्यक होइन खेल सबैको आवश्यकता हो”भने ।







