महोत्तरी - औरही नगरपालिकाले अस्थायी तथा करार सेवामा कार्यरत सबै कर्मचारीहरूको सम्झौता रद्द गरेको छ। संघीय सरकारको निर्देशनअनुसार नगरपालिकाले कार्तिक १७ गते सोमबारदेखि लागू हुने गरी सम्झौता रद्द गरिएको जानकारी गराएको हो।
संघीय मन्त्रिपरिषद्को असोज ५ गते बसेको बैठकले संघीय, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दीबाहेक अस्थायी वा करारमा कर्मचारी नियुक्ति नगर्ने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ८ गते र अर्थ मन्त्रालयले असोज ७ गते परिपत्र जारी गरी अस्थायी तथा करार कर्मचारीको सम्झौता रद्द गर्न निर्देशन दिएको थियो।
सोही परिपत्रको पालना स्वरूप औरही नगरपालिकाले पनि स्वीकृत दरबन्दी बाहेकका अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीको नियुक्ति र सम्झौता कार्तिक १७ गतेदेखि प्रभावकारी हुने गरी रद्द गरिएको जनाएको छ।





