सुजाता राई
सुनसरी । नेपालबिटको आयोजनामा इटहरी महफिल शृङ्खला–१, २०८२ सम्पन्न भएको छ। इटहरीस्थित कस्तुरी कलेजको सभाहलमा भएको उक्त कार्यक्रमले महफिलको पहिलो शृङ्खला सफलतापूर्वक समापन गरेको हो।
महफिलमा बाबु त्रिपाठी, रूपक वनवासी, दीर्घराज प्रियसी र दीपा दीपहरि सहितका कलाकारहरूले तीन चरणमा गजल वाचन प्रस्तुत गरेका थिए।
समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. छवि वैरागी घिमिरे रहेका थिए। सो अवसरमा वरिष्ठ कवि मनु मञ्जील, कस्तुरी कलेजका अध्यक्ष रामचन्द्र अधिकारी, अग्रज स्रष्टा बद्री भिखारीलगायत विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन टेलिभिजन प्रस्तोता उषाकिरण घिमिरेले गरेकी थिइन्।




