सुजाता राई
विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) विराटनगर महानगरपालिका वडा नं ११ कमिटीद्वारा आयोजित कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भयो।

वडा उपाध्यक्ष कमरेड राजु यादवको अध्यक्षता र नेकपा (एमाले) कोशी प्रदेश कमिटी सचिवालय सदस्य एवम् महानगर इन्चार्ज कमरेड पर्शुराम बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य कमरेड सरस्वती खरेल, प्रदेश कमिटी सदस्य कमरेड सन्तोषी श्रेष्ठ, जिल्ला कमिटी सदस्य एवम् मोरङ क्षेत्र नं. ६ सह–संयोजक कमरेड सुरज श्रेष्ठ, महानगर कमिटी अध्यक्ष कमरेड बलराम गिरी, विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्की, वडा नं ११ का वडा अध्यक्ष कमरेड तीर्थेन्द्र न्यौपानेलगायत जिल्ला, महानगर तथा वडा कमिटीका पदाधिकारी तथा कार्यकर्ताहरूको उपस्थिति थियो।

भेलाले आगामी राजनीतिक अभियानलाई सुदृढ बनाउन कार्ययोजना तय गर्दै, कार्तिक २५ गते विराटनगर हानगरपालिकासहित कोशी प्रदेशका विभिन्न स्थानीय तहहरूको संयुक्त बृहत् मोटरसाइकल र्याली तथा कार्तिक २९ गते हुने नेकपा (एमाले) मोरङ जिल्ला पार्टीको जनप्रदर्शन कार्यक्रममा सक्रिय सहभागिता जनाउने निर्णय गरेको बैठकले जनाएको छ।
कार्यक्रम उत्साहपूर्वक समाप्त भएको वडा कमिटीले जनाएको छ।




