सुजाता राई
विराटनगर / महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्तीका अवसरमा छन्दवाटिका विराटनगरले माल्यार्पण, रचना वाचन तथा देवकोटाको विषयमा परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ ।

विराटनगर–१२ पाञ्चालीस्थित देवकोटा स्मारकमा रहेको महाकविको सालिकमा माल्यार्पण गरी कार्यक्रमको शुभारम्भमा अग्रज साहित्यकार प्रा.विवश पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रा.डा. हरिहर भण्डारी र प्राध्यापक कविराज न्यौपानेले महाकवि देवकोटाका विषयमा परिचर्चा गरेका थिए । उनीहरुले महाकवि देवकोटाको दाँजोमा कुनै पनि साहित्यकार पुग्न नसक्ने दाबी गरे । विलक्षण प्रतिभाका धनी महाकवि देवकोटाका विषयमा घण्टौंसम्म बोल्दा पनि नसकिने उनीहरुको भनाइ थियो ।

छन्दवाटिकाका अध्यक्ष हरि कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरेलसहित अतिथिहरु प्राज्ञ गंगा सुवेदी, प्रा.डा मेदिनीप्रसाद शर्मा नेपाल, प्रा.डा मिनराजडा. चारु प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थी,मुक्ताक प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेल, लेखक दिनेश श्रेष्ठ,प्रा.खेम नेपाली मीनराज ढकाल, वडा नम्बर १२ का कार्यबाहक अध्यक्ष कुशेश्वर राजवंशीलगायतले महाकवि देवकोटाले नेपाली भाषा, साहित्यका क्षेत्रमा पुन्यएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा कवि लक्ष्मण नेवटिया, शिवनारायण पण्डित सिंगल, भरत गुरागाईं, गोपाल निर्भीक, पुष्पा सायरा, बाबुराम पोखरेल, रोहिणी रसिक, भागिरथा पौडेल, अम्विका खरेल, उप्रेती, भवानीप्रसाद पोखरेल, मीनकुमार नवोदित, सुजाता राई, राधिका गुरागाईं, शारदा भट्टराईले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

त्यस्तै पुण्यप्रसाद दाहाल, शारदा कार्की, कविता चापागाईं, शैलेस घिमिरे, प्रिन्स प्रमोद ढकाल, अच्युतमणि पौडेल, रुद्रप्रसाद सुवेदी, दिनेश सुवेदी, उमानाथ भट्टराई ‘अचल’, राम सुन्दर राजवंशी,विजय खतिवडा सविना श्रेष्ठलगायत दुई दर्जनभन्दा बढी स्रष्टाहरुले देवकोटासँग सम्बन्धित कविता, मुक्तक तथा गजल वाचन गरेका थिए ।
कार्यक्रम सञ्चालन निर्मला कोइरालाले गरेकी थिइन् ।





