महोत्तरी - महोत्तरीमा श्रीमतिको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको छ।ईलाका प्रहरी गौशालाका अनुसार महोत्तरीको औरही नगरपालिका ६ वैरिया बस्ने ३० वर्षीय मनोज चौधरीले आफ्नै श्रीमतिको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो।
घरायसी विवादका क्रममा उनले आफ्नी २६ वर्षीया पत्नी कविता चौधरीमाथि कैँची प्रहार गर्दा उपचारका क्रममा मृत्यु भएको छ। छाती,कन्चट र हिपतर्फ गम्भीर घाउ लागेको अवस्थामा प्रहरीले उनलाई रामगोपालपुर–९ स्थित जानकी एकेडेमी अस्पताल लगेको थियो, तर चिकित्सकहरूले अस्पताल पुग्ने बित्तिकै मृत घोषणा गरेका थिए।
घटनापछि आरोपी मनोज चौधरीलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गौशालाको हिरासतमा राखेको छ। मृतक कविताको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि बर्दिबास अस्पताल पठाइएकोछ।
प्रहरीका अनुसार घटना घरायसी विवाद पछि भएको झगडाबाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटना हुने बेला घरमा दम्पती मात्र रहेको स्थानीयवासीहरूले बताएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।




