सुजाता राई
विराटनगर । विराट मैथिल नाट्य कला परिषद्द्वारा सञ्चालित नियमित मासिक बहुभाषिक कवि गोष्ठीको २२औँ श्रृङखला शनिबार विराटनगरस्थित स्वर सङ्गम संगीतालयको सभाहलमा भव्यतापूर्वक सम्पन्न भयो।
कार्यक्रममा कवि शान्ता कर्णको सभाध्यक्षता, मधु पोखरेलको प्रमुख आतिथ्यता तथा कुशेश्वर राईको विशिष्ट आतिथ्य रहेको थियो। गोष्ठीको सञ्चालन शिवनारायण सिङ्गलले गरेका थिए।



सृजनात्मक वातावरणमा सम्पन्न गोष्ठीमा सीमा आभास, शुभलक्ष्मी लम्साल, उद्धव केसी, भूपाल अधिकारी, केशव रिजाल, हरि कट्टेल, बाबुराम पोखरेल, भवानी पोखरेल, अंशु कुमार गुप्ता, शम्भु भट्टराई, रोहिणी रसिक, उत्तमकुमार दाहाल (सर्लाही), सुरेश अग्रवाल, किरण अञ्जान, चन्द्रकान्त भट्टराई, गोपाल निर्भीक र वासुदेव नेपाललगायत झण्डै दुई दर्जन कविहरूले आफ्ना सशक्त र सिर्जनात्मक कविता वाचन गरे।
यस्तै, दशरथ साह र राजेश्वर मिश्र आदिको असल स्रोताका रूपमा उल्लेखनीय उपस्थिति रहेको कार्यक्रम उत्साहपूर्ण माहोलमा सम्पन्न भएको आयोजकले जनाएको छ।




