काठमाडौं — जेनजी अगुवा पुरुषोत्तम यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभाको समानुपातिक तर्फ उम्मेदवार बन्न आवेदन दिएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गत उम्मेदवारी आवेदन माग गरेसँगै यादवले पनि आवेदन दिएका हुन्। रास्वपाले गएराति सार्वजनिक गरेको प्रारम्भिक सूचीमा यादवको नाम मधेशी क्लष्टर अन्तर्गत समावेश गरिएको छ।
गत २३ भदौमा प्रदर्शनका लागि प्रशासनसँग अनुमति लिने व्यक्तिहरू मध्ये यादव पनि रहेका थिए।
रास्वपाले आगामी १४ पुसमा समानुपातिक तर्फको अन्तिम उम्मेदवार सूची सार्वजनिक गर्ने जनाएको छ। त्यसअघि पार्टीले इच्छुक उम्मेदवारहरूसँग सबै प्रदेशमा छलफल गर्ने तयारी गरेको छ।




