सुजाता राई
विराटनगर । अरनिको माध्यमिक विद्यालय, विराटनगरले ४९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले पुस ३ र ४ गते दुई दिने विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो।
कार्यक्रमको पहिलो दिन पुस ३ गते बिहीबार विराटनगर महानगरपालिका वडा नं. १० का वडाध्यक्ष अर्जुन गिरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। दोस्रो दिन पुस ४ गते शुक्रबार नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य तथा विराटनगर महानगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विवश पोखरेल प्रमुख अतिथि रहेका थिए।

विद्यालयका प्राचार्य राजेश कार्कीले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापमा पनि अरनिकोका विद्यार्थीहरू अब्बल रहेको उल्लेख गरे। विद्यार्थीभित्र लुकेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले वार्षिकोत्सव आयोजना गरिएको उनले बताए ।
कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य तथा नाटक प्रस्तुत गर्नुका साथै कविता वाचन, वादविवाद र हाजिरजवाफ प्रतियोगितामार्फत आफ्नो क्षमता प्रस्तुत गरेका थिए। हाल विद्यालयमा प्ले ग्रुपदेखि कक्षा १० सम्म एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

विद्यालयका सञ्चालक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्राधानाध्यापक राजेश कार्की, निर्देशकहरू, विराट मल्टिपल कलेजका क्याम्पस प्रमुख उमेद्र विलास लुइँटेल, भरतराज दाहाल, निर्देशक डा. भवेन्द्र निरौला, निलम कुमार अधिकारी, शैलेश झा, विकास खनाललगायतको उपस्थिती रर्यो।
त्यसैगरी कार्यक्रम संयोजक शरण गौतमसहित शिक्षक–शिक्षिका, अभिभावक, पत्रकार तथा शुभेच्छुक गरी एक हजारभन्दा बढीको उत्साहपूर्ण सहभागिता रहेको थियो।






