सुजाता राई
विराटनगर/खोटाङ सामाजिक सेवाको आयोजनामा नियमित रचनावाचन कार्यक्रम शनिबार संस्थाकै भवनमा सम्पन्न भयो।
कार्यक्रमका सभापति कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ रहहेका थिए भने अग्रज साहित्यकार बलराम पोखरेलको प्रमुख अतिथ्यतामा विशिष्ट अतिथिमा विराटनगर महानगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विवश पोखरेल, डा•नरेन्द्र चापागाईं प्रतिष्ठानका अध्यक्ष सरल चापगाई र विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोख्रेलको सहभागिता रहेको थियो।
कार्यक्रम संयोजन साहित्यकार बाबुराम पोखरेलले गरेका थिए भने स्वागत मन्तव्य नानुमाया दाहालले व्यक्त गरिन र कार्यक्रममा सञ्चालन लक्ष्मी रायमाझी खड्काले सम्हालिन ।

उक्त अवसरमा साहित्यकार उमेश लुइटेल र चन्द्रकान्त भट्टराईलाई सम्मान गरे।
रचनावाचन सत्रमा कवि -फडिन्द्र पराजुली, मोहनप्रसाद दाहाल, शान्ता कर्ण, रोमु अधिकारी, खेमराज आचार्य, मेघनाथ रिजाल, लोचन रिजाल, रामबुराम दाहाल, नवराज ‘नवशिला’, निकिशा रानी पोखरेल, गोपाल निर्भिक, दोमि कामत, उमानाथ भट्टराई (अचल), शैलेन्द्र घिमिरे, रोहिणी रसिक, शम्भुप्रसाद भट्टराई, केदार ढकाल, सुशीला भट्टराई, चिरञ्जीवी काफ्ले, केशु विरही, सबिना श्रेष्ठ, सुशीला प्रसाईं, भक्ति दाहाल, उमेश लुइटेल, स्वयम्भुनाथ कार्की, निर्मला नेपाल, एकनाथ ढकाल, ऋषि तिवारी, भनिप्रसाद पोखरेललगायतले कविता वाचन गरे भने सुजाता राई,प्रतीक श्रेष्ठको समेत सहभागिता थियो।कार्यक्रममा विभिन्न स्तरीय र सन्देश मुलक रचना प्रस्तुति र बाक्लो उपस्थितिले कार्यक्रमको सोभा अति सुन्दर बनेको उपस्थितिहरुले बताएका थिए।






