धनुषा - धनुषाको मिथिला नगरपालिका -२ नक्टाझिजमा हाजिरी जवाफ प्रतियोगिता र वादविवाद प्रतियोगिता सम्पन्न भएको छ।
आउँदो पौष १२ गते शनिबारका दिन हिमालय युवा क्लव नक्टाझिज मिथिला नगरपालिका -२ को ३१ औं वार्षिक साधारणसभा हुन गइरहेको र सो को अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज दोस्रो दिन क्लबको प्राङ्गणमा हाजिरी जवाफ प्रतियोगिता र वादविवाद प्रतियोगिता सम्पन्न भएको क्लबका सचिव महादेव सिंहले बताउनुभयो ।
हाजिरी जवाफ प्रतियोगितामा न्यू होराइजन ईङगलिस बोडिङ्ग स्कुल बेगांडावरका प्रज्ञान सिंह ,सुरज यादव र प्रतिष्ठा सिंह प्रथम भएका छन् । महेन्द्र मावि ढल्केवरका बुधन कुमार यादव ,यथार्थ दमाई र मनिषा कुमारी महतोले दोस्रो स्थान प्राप्त गर्न सफल भएका छन् भने गंगोत्री ईङगलिस बोडिङ्ग स्कुल महेन्द्रनगरका विश्वनाथ यादव,रोशनी यादव र दिपेश महतोले तेस्रो स्थान ल्याउन सफल भएका छन्।
त्यस्तै सान्त्वना तर्फ नव दुर्गा ईङगलिस बोडिङ्ग स्कुलका नेहा कुमारी महतो ,पप्पु कुमार महतो र रुपेश कुमार महतो रहेको छ।
हालै भदौं २३ र २४ गते भएको जनेजी आन्दोलन र त्यसले पारेको प्रभाव बारे सबै नेपालीलाई अवगत भएकै कुरालाई मध्यनजर गर्दै हिमालय युवा क्लवले वादविवादको शिर्षक "जेनजी आन्दोलन सहि कि गलत" भन्ने शिर्षकमा वादविवाद प्रतियोगिताको समेत आयोजना गरेको थियो। सो वादविवाद प्रतियोगिता मा सार्वजनिक नमुना बेंगाडावर का अर्चना मुखिया प्रथम भएका छन् र दर्शनिया रामेश्वर सिंह कुशवाहा ऐकेडेमी महेन्द्रनगरका कृषा यादव दोस्रो स्थान ल्याउन सफल भएका छन् भने महेन्द्र मावि ढल्केवरका सरस्वती कुमारी महतो तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन्। साथै सान्तवना तर्फ पनि महेन्द्र मावि ढल्केवरकै आर्यन परियार छन् ।
हिमालय युवा क्लव प्रत्येक वर्ष वार्षिक साधारणसभा का उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रमहरु गर्दै आएका छन्। सो अवसरमा आज दोस्रो दिनको कार्यक्रमहरु भएको थियो भने पहिलो दिन छात्र, छात्रा दाैड, साइकल स्लाेह र माेटरसाइकल स्लाेह प्रतियोगिता सम्पन्न भएकाे थियाे ।
त्यसैगरी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन अर्थात् भाेली बुधबार हिमालय युवा क्लवको खेलमैदान र विश्वकर्मा चौकमा वृक्षारोपण कार्यक्रम हुने क्लवले जनाएकाे छ ।




