महोत्तरी - माघे सङ्क्रान्ति पर्वलाई लक्षित गर्दै महोत्तरीको औरही नगरपालिका–१ स्थित औरही बजारमा शुक्रबार सख्खर (गुड) को कारोबार बढेको छ। पर्व नजिकिँदै जाँदा स्थानीय बजारमा सख्खर बिक्री गर्न बसेका व्यापारीहरू र आवश्यक सामग्री खरिद गर्न आएका उपभोक्ताहरूको भीड देखिएको छ।
विशेषगरी मधेस प्रदेशमा भव्य रूपमा मनाइने माघे सङ्क्रान्तिमा तिलको लड्डु लगायतका परिकार तयार गर्न सख्खरको प्रयोग बढी हुने भएकाले यस समयमा यसको माग उल्लेख्य रूपमा वृद्धि हुने गरेको व्यापारीहरू बताउँछन्। पर्वका अवसरमा परम्परागत खानाका सामग्रीको कारोबार बढ्दा स्थानीय बजारसमेत चलायमान बनेको छ।
तस्बिर : धर्वेन्द्र कुमार यादव"यदुवन्शी",शिरीष न्युज/औरही,महोत्तरी।







