मधेस प्रदेशको धनुषा जिल्लामा आयोजित ऐतिहासिक एवं धार्मिक माघ मकर मेला २०८२ सफलतापूर्वक सञ्चालन गर्न व्यवस्थापन समिति गठन गरिएको छ।
श्री धनुष जनता माध्यमिक तथा व्यवसायिक विद्यालयले मेला व्यवस्थापन र समन्वयका लागि समिति गठन गरेको हो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद यादवको अध्यक्षतामा बसेको बैठकले मेला सञ्चालन, व्यवस्थापन र निम्त्रणका लागि समिति गठन गर्ने निर्णय गरेको छ।
व्यवस्थापन समितिको विनोद यादव (अध्यक्ष), वडा अध्यक्ष जय नारायण यादव, दुःखान मंडल, रामदुलारी देवी दास, लक्ष्मीनिया देवी यादव, उर्मिला देवी पासमान, रामपुकार यादव लगायत ५२ सदस्यीय समिति गठन गरिएको छ।
सल्लाहकार समितिहरुमा पूर्व वडा अध्यक्ष प्रभु नारायण साह, पूर्व वडा अध्यक्ष राजा विवशोर साह, देव मंडल, तिलक साह, प्रमोद कुमार यादव, राजकुमार यादव, धनुषाधाम उद्योग वाणिज्य संघका संयोजक पत्रकार मुकेश कुमार ठाकर, श्याम सुन्दर लगायतलाई चयन गरिएको छ।
बैठकमा सहभागी सदस्यहरूले मेलाको सफल आयोजना र व्यवस्थापनका लागि आवश्यक छलफल र निर्णय गरेका छन्। समितिले सरोकारवालाहरूको सहयोगमा मेला समुदायमा उत्साह र सहभागिता बढाउने विश्वास व्यक्त गरेको छ।
बैठकमा वडा न.४ अध्यक्ष मनोज कुमार यादव, वडा न.१ अध्यक्ष सुनिल कापर, अजय यादव, अशोक कुमार मण्डल, धनुषाधाम विकास संस्थाका अध्यक्ष सुनिल कुमार यादव, सुरक्षा कर्मी, पत्रकार, शिक्षक, विद्यार्थी, समाजसेवी र व्यापारीहरूको समेत उपस्थिती रहेको थियो।




