सुजाता राई
विराटनगर — विराटनगरको अग्रणी साहित्यिक संस्था विराट साहित्य सङ्गमले २३३औँ साहित्यिक शृङ्खलाको अवसरमा विभिन्न विधामा योगदान पुर्याउँदै आएका स्रष्टाहरूलाई सम्मान गरेको छ।
अग्रज साहित्यकार बलराम पोखरेलको प्रमुख अतिथ्यतामा राष्ट्र सेवक सहकारी भवनको हलमा शनिबार सम्पन्न कार्यक्रममा साहित्यकार दिनेश पाण्डे (नुवाकोट) लाई बैजनाथ–यमुना देवी भट्टराई स्मृति पुरस्कार, महिमा पाण्डेलाई राधादेवी दाहाल स्मृति पुरस्कार तथा भूपाल अधिकारीलाई विराट साहित्य सङ्गम युवा प्रतिभा पुरस्कार प्रदान गरेका हुन् यसै अवसरमा विराट साहित्यको सम्पादनमा रहेर महत्त्वपूर्ण योगदान पुन्याउने हरिप्रसाद बराल,गोकुल व्याकुल,गयात्री चापागाईंलाई पनि सम्मान गरेका हुन् ।

कार्यक्रममा पुरस्कार छनोट समितिका सदस्यहरू तथा सङ्गमका पदाधिकारीहरूले सम्मानित स्रष्टाहरूको साहित्यिक योगदानबारे चर्चा गरे। सो अवसरमा साहित्यकार चन्द्रराम पोखरेल, सरला चापागाईं र विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेललगायतले सम्मान अर्पण गरेका थिए ।
साहित्यिक कार्यक्रमअन्तर्गत रचना वाचन, प्रस्तुति तथा साहित्यिक संवादसमेत गरिएको थियो। कार्यक्रममा,बाबुराम पोखरेल प्रा.खेम नेपाली डा.देवी पन्थी,भिमेन्द्र ब.कार्की,हरिहर निरौला, चन्द्रराम पोखरेल, गोपाल निरौला, दिनेश पाण्डे मन्जु घिमिरे (दाहाल) सुजाता राई,नानुमैया दाहाल,निर्मला पोखरेल,अम्बिका खरेल,जमुना पौडेल,शारदा कार्की,प्रयाग न्यौपाने,ऋषि तिवारी,डोमि कामत,एल.पी.पराजुली,आदि शुशिला पोखरेल,प्रदिप सापकोटा रुद्र प्र.दुवेदी सुमित्रा पाण्डे,शैलेन घिमिरे आदि स्रष्टाहरूको उपस्थिति र आ-आफ्ना रचना वाचन गरेर सुनाए ।

सोही अवसरमा विराट साहित्य सङ्गमको सम्पादन मण्डल तथा नयाँ कार्यसमितिको चयनसमेत भयो।
अध्यक्ष-मधु पोखरेल, उपाध्यक्ष जीवन काफ्ले,सचिव गोपाल निर्भिक, सह -सचिव भवनी प्र.पोखरेल,कोषाध्यक्ष भिम कोइराला चयन भएका छ्न भने सदस्यमा कविता चपागाई,हरिप्रसाद बराल,रामबाबु दाहाल,कविता केसरी,प्रमोद ढ्काल रहेका छन् ।
कार्यक्रममा साहित्यिक पत्रिका सङ्गमको १७३औँ अङ्कको लोकार्पण पनि यसै अवधीमा गरेका थिए ।

उक्त कार्यक्रममा मधु पोखरेलको अध्यक्षतामा स्वागत मन्तव्य कविता केसरीले गरेकी थिइन भने सञ्चालनको जिम्मेवारी गोपाल निर्भिकले सम्हालेको थियो।




