जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएपछि धनुषा जिल्लास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा खुशियाली मनाइएको छ।
आधिकारिकता प्राप्त भएको खुसीयालीमा कांग्रेस नेता तथा कार्यकर्ताहरूले एक–अर्कालाई लड्डु खुवाउँदै उत्सव मनाएका हुन्। पार्टी कार्यालयमा भेला भएका कार्यकर्ताहरूले लोकतन्त्र, विधि र विधानको जीत भएको भन्दै निर्वाचन आयोगको निर्णयलाई स्वागत गरेका छन्।
कार्यक्रममा बोल्दै कांग्रेस नेताहरूले विशेष महाधिवेशनमार्फत पार्टीभित्र स्थापित भएको विधि र प्रक्रिया बलियो बनेको उल्लेख गर्दै अब पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
खुसीयाली कार्यक्रममा सहभागी कार्यकर्ताहरूले सभापति गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले नयाँ ऊर्जा र दिशासहित देश तथा जनताको पक्षमा काम गर्ने विश्वास व्यक्त गरेका छन्।




