राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उद्घोषसभा सुरु भएको छ । जनकपुरको तिरहुतिया गाछीमा सभा सुरु भएको हो ।
सभास्थलमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) अझै आइपुगेका छैनन् । कार्यक्रम दिउँसो १ बजे सुरु हुने भनिएको थियो ।
अहिले सांस्कृतिक कार्यक्रम र शंखनाद भइरहेको छ । सभालाई १२ जना नेताले सम्बोधन गर्ने कार्यतालिका छ ।
आज बिहानै जानकी मन्दिरमा विशेष पूजा गरेर नेताहरू सिरहाको लहान पुगेर सहिदहरूको सालिकमा माल्यापर्ण गरेका थिए ।



-1768811361.jpg)

-1768811360.jpg)
-1768811360.jpg)
-1768811358.jpg)
-1768811358.jpg)





