जनकपुरधाम – मधेश प्रदेश सभाको आठौ वार्षिकोत्सव विभिन्न कार्यक्रम सहित प्रदेश सभा सचिवालय परिसरमा आज मनाईएको छ । मधेश प्रदेश सभा सचिवालयको आयोजनामा भएको प्रदेश सभाको आठौ आर्षिकोत्सवको उद्घाटन गर्दै मधेश प्रदेशका प्रदेश प्रमुख प्राध्यापक डा. सुरेन्द्रलाभ कर्णले संघीयताको मर्म अनुसार मधेश प्रदेश सरकार तथा प्रदेश सभाले अझै राम्रोसंग काम गर्नु पर्ने धारणा राख्नु भएको हो । उहाँले संघीयताको स्थापनाका लागि ठूलो संघर्ष भएको स्मरण गर्दै संघीयतालाई बलियो बनाउनका लागि प्रदेश सभाले प्रभावकारी कानूनको निर्माण तर्फ विषेश रुपमा ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संघीयतालाई बलियो बनाउनका लागि संघ सरकयरले प्रहरी तथा निजामति ऐन चाडो भन्दा चाडो ल्याएर काम गर्नु पर्ने धारणा राख्नु भयो । उहाँले संघीयता प्रति हुने कुनै प्रकारको षड्यन्त्र चीर्न जरुरी रहेको बताउदै बताउदै वर्तमान सरकार प्रदेशमा सुशासन, विकास मार्फत समृद्धि मार्फत काम गर्ने तर्फ अगाडी बढेको बताउनु भयो । उहाँले मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि निर्धारण गरेको सम्पूर्ण योजनाहरुको काम ठेक्का मार्फत गर्ने गरि विकास निर्माणको काम अगाडी बढाईसकेको बताउनु भयो ।




मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले संघीयता माथि विभिन्न नाउँमा षड्यन्त्र भईरहेकाले संघीयताको रक्षाका लागि दलहरु एक जूट भएर काम गर्न जरुरी रहेको बताउनु भयो । मधेश प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्र सोनारले सधै सत्तामा रहेका नेपाली काँग्रेस तथा नेकपा एमालेले संघीयताको सवलीकरणका लागि विगतमा गर्नु पर्ने काम नगरेका कारणले संघीयता प्रतिको षड्यन्त्र गर्नेलाई बल पुगेको भएपनि संघीयतालाई कसैले समाप्त गर्न नसक्ने बताउनु भयो ।
मधेश प्रदेशका पूर्व मुख्यमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमार यादवले संघीयता र विकासका लागि प्रदेशलाई आवश्यक कानून तथा आर्थिक विकासका लागि संघ सरकारको सहयोग निराशा जनक रहेको गुनाशो गर्नु भयो । सभापतिको आसनवाट मधेश प्रदेशका सभामुख रामअशिष यादवले संघीयताको सवलीकरणका लागि मधेश प्रदेश सभाले धेरै कानूनहरुको निर्माण गर्ने काम भएको बताउदै अगामी दिनमा प्रदेशमा सुशासन तथा समृद्धिका लागि काम गर्ने बताउनु भयो । कार्यक्रममा मधेश प्रदेश सभामा उत्कृष्ट प्रदेश सभा सदस्यको रुपमा नेपाली काँग्रेसका प्रदेश सभाका सदस्य रामसरोज यादवलाई सम्मानित गरिईएको छ ।

उत्कृष्ट घोषित प्रदेश सभा सदस्य यादवलाई मधेश प्रदेशका प्रदेश प्रमुख कर्णले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नु भएको थियो । यसै गरि प्रदेश सभाको उत्कृष्ट कर्मचारीहरुको रुपमा लेखा तर्फ पुरुषोत्तम मिश्र, अविनाश कर्ण, मुकेश कुमार यादव र कार्यालय सहयोगी महेन्द्र यादवलाई दोसल्ला सहित सम्मानपत्र प्रदान गरेर सम्मानित गरिईएको छ । कार्यक्रममा मधेश प्रदेश सभाका उपसभामुख बबिता राउत ईशर, अर्थमन्त्री महेश प्रसाद यादव, उद्योण, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पट्टेल, मधेश प्रदेशका खेलकूद तथा समाजकल्याणमन्त्री बसन्त कुशवाहा, श्रम तथा यातायातमन्त्री मनिस सुमन सहितका वक्ताहरुले बोल्नु भएको थियो ।
कार्यक्रममा मधेश आन्दोलनका शहिद परिवार तथा जीउँदो सहतिलाई प्रदेश प्रमुखले दोसल्ला ओढाएर सम्मानित गर्नु भएको थियो । यसरी सम्मानित हुनेहरुमा अवधेश पट्टेल, चन्देश्वर पूर्वे, दिनेश पूर्वे सहितका रहेका छन् । कार्यक्रममा मैथिली भाषामा विभिन्न प्रकारका गीत, संगीत तथा नृत्यहरु प्रदर्शन गर्ने काम भएका थिए ।




