महोत्तरी – महोत्तरी निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत भंगाहा नगरपालिका–९ मा विभिन्न राजनीतिक दल परित्याग गरी करिब १५० जना नेपाली कांग्रेस मा प्रवेश गरेका छन्।
चुनाव नजिकिँदै जाँदा भएको पार्टी प्रवेशलाई कांग्रेसले आफ्नो पक्षमा बढ्दो जनसमर्थनको संकेतका रूपमा लिएको छ। स्थानीयस्तरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार मुकेशराज काफ्ले ले नवप्रवेशीलाई अबिर लगाई पार्टीमा स्वागत गरे।



सो अवसरमा उनले जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै विकास, रोजगारी र सुशासन कांग्रेसका प्रमुख एजेन्डा रहेको बताए। कार्यक्रममा सहभागी नवप्रवेशीले कांग्रेसमार्फत क्षेत्रको विकास र स्थायित्वका लागि सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।
कांग्रेसले निर्वाचनको मुखमा पार्टी प्रवेशलाई विशेष प्राथमिकतामा राख्दै संगठन विस्तारलाई तीव्र बनाइरहेको जनाएको छ।




