सुजाता राई
विराटनगर । २०८२ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा बाउ समूहको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
समूहका अध्यक्ष प्रशान्त पौडेल तथा संयोजक सूर्य किरण घिमिरेको संयोजनमा बिहीबार विराटनगर–११ बसपार्कमा कार्यक्रम आयोजना गरिएको हो।




कार्यक्रम विराटनगर महानगरपालिका–९ का वडाध्यक्ष विश्वनाथ भगतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा अध्यक्ष प्रशान्त पौडेल, उपाध्यक्ष रेवती रमण दाहाल, सचिव टिकाराम भट्टराई, कोषाध्यक्ष वेद प्रकाश दाहाल लगायत सदस्यहरूको उपस्थिति रहेको थियो।
उक्त अवसरमा ३० जनाले रक्तदान गर्दै मानवीय सेवामा योगदान दिएका छन्।





