रितीक अधिकारी,सर्लाही - सशस्त्र प्रहरी बल सीमा सुरक्षा गूल्म मलगंवाको सक्रियता बढाएसँगै सर्लाहीमा भन्सार छलीका सामान बरामद गर्ने क्रम बढेको छ । सशस्त्र प्रहरीले सर्लाहीको पर्साबाट भन्सार छली गरेर ल्याइएको ३२ लाख बराबरकोे अवैध सामान बरामद गरेको छ ।

सीमावर्ती क्षेत्रमा हुने अवैध कार्यलाई नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नेपालले भारतबाट अवैध सामान ल्याइरहेको सूचनाका आधारमा अवैध सामान ल्याउने २ वटा पिकअप गाडि र ४ वटा मोटरसाइकल नियत्रण्मा लीयको छ । सर्लाहीको पर्सा ५ सिमानाका बाट सुरक्षा गुल्म मलंगबाका ससत्र प्रहरि नायब उपरिक्षक लिला बहादुर कार्कीको कमाण्डमा गयको टोलीले सिमानाका बाट मोटरसाईकलमा ल्याई २ वटा पिकअप गाडिमा लोड गर्दै गरेको अवस्थामा ससत्र प्रहरि र सर्लाही भन्सार कार्यालयको संयूक्त टोलीले भन्सार छलीको सामान र सामान सहित सवारी साधना नियन्त्रणमा लीई सर्लाही भन्सार कार्यालयलाइ बूझायको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबित सिमा सुरक्षा गुल्म मलंगबा बाट गयको ससत्र प्रहरिको टोलीले सिमानाका बाट भारतीय फुल १७ सय ८५ केजि रहेको र फुलको अन्दाजि मुल्य रु ७ लाख १४ हजार रहेको र भन्सार छलीको कपडाको मुल्य रु ८ लाख ८३ हजार ७ सय ५०रुपैयाको बराबरको कपडा भन्सार कार्यालय बूझाइयको ससत्र प्रहरिले जनायको छ । ससत्र प्रहरि र भन्सारको संयूक्त टोलीले भन्सार छलीको सामान र सामान सहित सवारी साधना नियन्त्रणमा लिएको २ वटा पिकअप गाडि र ४ वटा मोटरसाइकलको मूल्य २४ लाख बराबरको पिकअप गाडि र मोटरसाइकल भन्सार कार्यालय बूझायको छ ।

फूल,कपडार २ वटा पिकअप गाडि र ४ वटा मोटरसाइकल जम्मा मूल्य ३२ लाख ८३ हजार ७५०रुपैया रहेको सशस्त्र प्रहरीले जनायको छ । बरामद गरिएको सामान सर्लाही भन्सार कार्यालयलाई बुझाएको सशस्त्र प्रहरिले जनायको छ । सशस्त्र प्रहरी पछिल्लो समय सर्लाहीका सीमा क्षेत्रको सुरक्षालाई थप बलियो बनाउँदै लगेको छ । सीमा सुरक्षासँगै सीमा क्षेत्रमा हुने गरेका अवैध गतिविधि नियन्त्रणमा सशस्त्र सक्रिय देखिएको छ ।




