सुजाता राई
विराटनगर /सरिता इन्द्र पूर्वाधार प्रा.वि.मा अभिभावक–शिक्षक दिवसको अवसरमा १५ वर्षभन्दा बढी निरन्तर सेवा पुर्याएका तीन जना व्यक्तिलाई सम्मान गरिएको छ।



कार्यक्रम शनिबार साकेला थानमा सम्पन्न भयो। सम्मानित हुनेमा २० वर्षदेखि शिक्षिकामा समर्पित मनु राई, १६ वर्षदेखि विमला राई तथा कर्मचारीका रूपमा कार्यरत १८ वर्ष सेवा पुर्याएकी सरिता मगर रहेका छन्।

दीर्घकालीन योगदानको कदर गर्दै विद्यालय परिवारले उनीहरूलाई कृतज्ञता व्यक्त गर्यो। कार्यक्रम प्रधानाध्यापक मधु राईको अध्यक्षतामा प्रमुख अतिथि वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपानेको अतिथ्यतामा अधिवक्ता चक्रबहादुर अधिकारी, कुमार शिवाकोटी, सपना राई र निशा पुरीलगायत अतिथिहरूको सहभागिता रह्यो।

एक सय पचासभन्दा बढी अभिभावक र विद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको उक्त समारोहमा विद्यालय र अभिभावकबीच सहकार्य अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरियो।




