महोत्तरी जिल्लामा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ५९.८६ प्रतिशत मतदान भएको छ। महोत्तरीमा रहेका कुल मतदाता चार लाख ३१ हजार २८२ मध्ये दुईलाख ५८ हजार १५७ ले मत खसालेका छन् ।
बर्दिवासको एक मतदान केन्द्रमा भएको विवादले केहि घन्टा रोकिएको मतदान वाहेक जिल्लामा शान्तिपुर्ण भएको मतदानमा एकलाख ३५ हजार ८५० महिला मतदाता र एकलाख २२ हजार ३०५ पुरुष मतदाता तथा २ अन्य गरि कुल दुईलाख ५८ हजार १५७ ले मतदान गरेका हुन ।
क्षेत्रगत रुपमा महोत्तरी क्षेत्र १ मा ५९ मतदान स्थलमा रहेको १३० मतदान केन्द्रमा एकलाख ५ हजार ६४६ मतदाता मध्ये ६६ हजार २६६ मत(६२.७२ प्रतिशत) खसेको छ भने क्षेत्र २ मा ६२ मतदान स्थलमा रहेको १३३ मतदान केन्द्रमा एकलाख ७ हजार ५९४ मतदाता रहेकोमा ६४ हजार ८४५ (६०.२७ प्रतिशत) ले मतदान गरे । यता क्षेत्र ३ मा ७७ मतदान स्थलमा रहेको १४२ मतदान केन्द्रमा एकलाख १० हजार ४३६ मतदाता रहेकोमा सो मध्ये ६१ हजार ७३७(५५.९० प्रतिशत) मत खसेको छ । त्यसतै क्षेत्र ४ मा ६० मतदान स्थलमा १३१ मतदान केन्द्र रहेकोमा उक्त मतदान केन्द्रको कुल मतदाता एकलाख ७ हजार ६०६ मध्ये ६५ हजार ३०९(६०.६९ प्रतिशत) खसेको छ ।
क्षेत्र १ मा ३४ हजार ५१५ महिला तथा ३१ हजार ७५० पुरुष र १ अन्यले मतदान गरेका हुन । त्यसतै क्षेत्र २ मा ३४ हजार ५७८ महिला र ३० हजार २६७ पुरुष मतदाताले मतदान गरे । यता क्षेत्र ३ मा ३३ हजार ३७ महिला मतदाता र २८ हजार ६९९ पुरुष तथा १ अन्य ले मतदान गरेका छन । त्यसतै क्षेत्र ४ मा ३३ हजार ७२० महिला र ३१ हजार ५८९ पुरुष मतदाताले मतदान गरे ।
मतपेटिका बुझेर राती नै सर्वदलिय वैठक ः
यता मतदान समापन पश्चात समाचार तयार पार्दासम्म मतपेटिकाहरु सम्बन्धित निर्वाचन कार्यालयहरुमा बुझ्ने कार्य भैरहेको महोत्तरीका मुख्य निर्वाचन अधिकृत माधव प्रसाद अधिकारीले बताए । उनले आजै राती सर्वदलिय वैठक डाकिएको र सहमति भए राती देखि नै गनणा हुने बताए । मतगणनाको लागि सवै तयारी भैसकेको उनले थपे ।








