महोत्तरी - प्रतिनिधि सभा सदस्यका लागि महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रमोद कुमार महतो २२ हजारभन्दा बढी मतान्तरले विजयी भएका छन्।
निर्वाचनको अन्तिम मतपरिणामअनुसार महतोले ३४ हजार ६३६ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत गगनदेव महतो ले जानकारी दिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी का उम्मेदवार गिरिराजमणि पोखरेल ले १२ हजार ६२४ मत प्राप्त गरेका छन्।

पूर्वमन्त्रीसमेत रहेका पोखरेललाई २२ हजार १२ मतान्तरले पराजित गर्दै रास्वपाका महतो निर्वाचित भएका हुन्। यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मी महतो कोइरी ले ६ हजार ५९१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस का उम्मेदवार मुकेशराज काफ्ले ले ६ हजार २१३ मत प्राप्त गरेका छन्।




