सिरहा — प्रतिनिधि सभा निर्वाचन,सिरहा–२ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिवशंकर यादव निर्वाचित भएका छन्।
सिरहा जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजन श्रीवास्तवका अनुसार यादवले कुल ३९ हजार ५६६ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी,नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र यादव, २६ हजार ६९७ मतले पराजित भएका छन्।



निर्वाचित यादवले मतदातासँग गरेका प्रतिवद्धता पूरा गर्ने र जनता एवं जनजीवन सुधार आन्दोलनमा शहीद भएका सहादतहरुको सपना साकार गर्ने उद्देश्यले निरन्तर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




