महोत्तरी - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्। झापा–५ बाट निर्वाचित शाहले सोमबार आयोगमा खर्च विवरण बुझाएका हुन्।
शाहले आफ्नो चुनावी खर्च १४ लाख १७ हजार २८९ रुपैयाँ भएको उल्लेख गरेका छन्।
उनले सवारी साधन भाडामा २ लाख ९३ हजार ५००, हवाई भाडामा ३५ हजार, मतदाता प्रशिक्षण कार्यक्रमको खाना खर्चमा २९ हजार ३९० र वडा स्तरीय प्रचार कार्यक्रमका लागि खाजा खर्चमा २८ हजार ९७० रुपैयाँ खर्च भएको विवरणमा जनाएका छन्।
त्यसैगरी प्रचार कार्यक्रमका लागि ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
खर्च विवरण अनुसार सबैभन्दा कम मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ खर्च भएको छ।




