महोत्तरी – प्रधानमन्त्री सुशिला कार्की चैत ६ गते जनकपुरधाम आउन लागेकी छन्। अन्तरिम सरकार सम्हालेयता प्रधानमन्त्री कार्कीको यो पहिलो जनकपुरधाम भ्रमण हुने भएको हो।
मधेसका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो ले प्रधानमन्त्री कार्कीको जनकपुरधाम भ्रमणको पुष्टि गर्नुभयो।



गत फागुन २१ गते नेपाल मा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री कार्कीले विभिन्न धार्मिक स्थलमा पूजा–अर्चना गर्ने कार्यक्रमअन्तर्गत जनकपुरधामस्थित जानकी मन्दिर मा पूजा गर्ने कार्यक्रम रहेको जनाइएको छ।
प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गरी मधेस प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालय तथा सुरक्षा निकायका पदाधिकारी तयारीमा जुटेका छन्।





