काठमाडौँ । प्रतिनिधि सभाका सभामुखको निर्वाचन चैत २२ गते हुने भएको छ । बुधबार सिंहदरबारमा बसेको संसदमा प्रतिनिधित्व गर्ने बैठकले २२ गते सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बिहीबार बस्ने पहिलो बैठकमा प्रक्रिया अगाडि बढाउने सहमति भएको जानकारी दिए ।



उनका अनुसार सभामुख उम्मेदवारी मनोनयन २० गते हुने छ ।





