जनकपुरधाम। ४१ वर्षपछि नेपालमा लियोको प्रतिनिधित्व गर्ने मधेसी मुलका लियो अकास साहले जिम्मेवारी सम्हाल्ने सुनौलो अवसर पाउने भएका छन् ।
२०८३ वैशाख ५ गते काठमाडौंमा हुने चौथो जिल्ला लियो सम्मलेनबाट लियो डिस्टटिक काउन्सिल ३२५ एफ नेपालको अधिवेशनमा जनकपुरधामका लियो अकास साह, अध्यक्ष पदका उम्मेदवार छन् । उनी यसअघि सोही कार्यसमितिमा उपाध्यक्ष थिए ।



पाँच वर्षदेखि लियोमा आबद्ध रही लियो क्लब अफ जनकपुरधामबाट यात्रा सुरु गरेको साहले हालसम्म थुप्रै संघसंस्थाहरुमा आबद्ध रहेर समाजिक कार्यमा योगदान दिदै आएका हुन् । उनी जनकपुरधामलाई प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरका लियो कार्यक्रमहरु सक्रिय सहभागिता जनाउँदै आएका छन्। मधेसमा ६ वटा लियो क्लबहरू स्थापना गर्ने कार्यमा उनको महत्त्वपूर्ण भूमिका रहेको र युवाहरूको नेतृत्व, क्षमता अभिवृद्धि का लागि तालिमहरुको सञ्चालन गर्दै आएको छ।
लियो डिस्टिक काउन्सिल ३२५ एफ नेपालमा आबध्द रही लामो समयदेखि सक्रिय रहँदै आएको मा गतवर्षको सम्मेलनबाट उपाध्यक्ष पदमा निर्वाचित भएका थिए। यसपटक भने उनी अध्यक्ष पदका लागि उम्मेदवार हुँदा, “आफु जित्नेमा विश्वस्त रहेको लियो अकास साह बताउँछन्। उनका अनुसार हामी ४१ वर्षपछि पछि फेरि शाख जोगाउन तत्पर छौं। मधेस प्रदेशबाट प्रतिनिधित्वका सवालमा नेतृत्व गर्ने सुनौलो अवसर पाउँदा आफू उम्मेदवार भएकोमा लियो आबद्ध सबैलाई मतदान गर्न अपिल पनि गरेका हुन् ।




