महोत्तरी – महोत्तरीको सम्सी निवासी तथा नेपाल सरकारका पूर्व पूर्व राज्यमन्त्री (शान्ति तथा पुनर्निर्माण मन्त्रालय ) दीपनारायण साह को आज ७७ वर्षको उमेरमा निधन भएको छ।
उहाँ मधेश क्षेत्रका सक्रिय तथा ऊर्जावान राजनीतिकर्मीका रूपमा परिचित हुनुहुन्थ्यो। लामो समयदेखि नेकपा एमाले पार्टीबाट राजनीतिमा क्रियाशील रहँदै उहाँले स्थानीयदेखि राष्ट्रिय तहसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। विशेषगरी शान्ति प्रक्रिया तथा समावेशी राजनीतिमा उहाँको योगदान उल्लेखनीय मानिन्छ।




उहाँको निधनप्रति राजनीतिक दलका नेता, कार्यकर्ता तथा स्थानीयवासीहरूले दुःख व्यक्त गरेका छन्। उहाँको निधनले मधेशको राजनीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै श्रद्धाञ्जली अर्पण गरिएको छ।
परिवार स्रोतका अनुसार उहाँको अन्त्येष्टि कार्यक्रम सम्बन्धित स्थानमै गरिने तयारी भइरहेको छ।






