महोत्तरीको बर्दिबासमा एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्। बर्दिबास नगरपालिका–१३ बिजलपुरा टोल बस्ने ४५ वर्षीय बेचु भन्ने शिव शंकर आले मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार शिव शंकरले एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरी परेपछि प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। पीडित पक्षले दिएको जाहेरीका आधारमा उनलाई तत्कालै घर नजिकैबाट समातिएको हो।
पक्राउ परेका आले मगरमाथि थप कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ। घटनाका बारेमा इलाका प्रहरी कार्यालय बर्दिबासले विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएको छ।







