महोत्तरी – महोत्तरीको सोनमा गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग को कार्यालय बर्दिबासको टोलीले उपभोक्ता समिति अध्यक्षसँग ७२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा यादवलाई पक्राउ गरेको जनाएको छ ।



अख्तियारका अनुसार उनलाई औरही सडक क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।पक्राउका क्रममा उनीसँग थप रकमसमेत रहेको आशंका गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।




