जनकपुरधाम । नेपाली काँग्रेस धनुषा क्षेत्र नंं ३ का क्षेत्रि सभापति पदमा नेपाली काँग्रेसका जुझारु नेता रामचन्द्र पञ्जियार सर्व सम्मतिले चयन हुनु भएको छ ।
संस्थापन पक्ष तथा संस्थापक ईतरपक्षका नेताहरुको सहभागिता एवं पार्टीका पूर्व उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा भएको आईतवार बसेको वैठकवाट जनकपुरधाम वडा नंं १६ का निर्वाचित वडाध्यक्ष समेत रहनु भएका पञ्जियारलाई सर्वसम्मतिले चयन गरिईएको हो । पुराना काँग्रेसका नेता रहनु भएका र स्वच्छ छविका व्यक्तित्वको पहिचान बनाउनु भएको पञ्जियारलाई क्षेत्रिय सभापति बनाउने निर्णय सर्वसम्मतिले भएको वैठकमा सहभगि भएका नेताहरुले बताउनु भएको छ ।
नेपाली काँग्रेसका धनुषा क्षेत्र नंं ३ का क्षेत्रिय सभापति धिरेन्द्र कुमार निधिको जेष्ठ ४ गते निधन भएपछि रिक्त रहेको क्षेत्रिय सभापति पदमा पञ्जियार सर्वसम्मतिले चयन हुनु भएको छ । विकास प्रेमी नेता रहनु भएका पञ्जियार माथि हालसम्म कुनै प्रकारको दाग लागेको छैन ।
उहाँको नेतृत्वमा नेपाली काँग्रेस धनुषाको क्षेत्र नंं ३ को संगठन अझै मजबुत हुने विश्वास नेपाली काँग्रेसका नेताहरुको रहेको छ । नेपाली काँग्रेसको संगठन बलियो भएपनि अपेक्षित परिणाम गत निर्वाचनमा हाँसिल नभएपनि अब अझ वलियो हुने विश्वास गरिईएको छ ।








