महोत्तरी – महोत्तरीको जलेश्वर मा सोमबार बिहान यात्रुवाहक बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी पञ्चलाल गोले का अनुसार जलेश्वर नगरपालिका–६ निवासी ७५ वर्षीय चन्देश्वर साहलाई जनकपुरतर्फ जाँदै गरेको ना४ख ४७५८ नम्बरको बसले जलेश्वर–२ स्थित मटिहानी चोकमा ठक्कर दिएको थियो ।



दुर्घटनामा गम्भीर घाइते भएका साहलाई उपचारका लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बस र चालक महोत्तरीको पिपरा गाउँपालिका–९ अलिपट्टी निवासी सत्यनारायण यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।




