महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा बस्ती हटाउने प्रयासको विरोधमा आन्दोलित स्थानीयवासीले लिखित सहमती पछि आन्दोलन स्थगित गरेको छ। आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्ग तथा बीपी राजमार्ग हुँदै आवतजावत गर्ने सयौँ सवारी साधनका हजारौ यात्रुहरु बीच बाटोमै रोकिएर अलपत्र परेका थिए भने अहिले राजमार्ग ५ बजे देखि सुचारु भएपछि गन्तव्य तर्फ निस्किन थालेका छन् ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहित सुरक्षानिकाय जिल्ला स्तरीय प्रमुखहरु सहितको स्थानियवासी बीच यो बस्ती हटाउने कुनै पनि किसिमको काम अघि नबढाउने लिखित सहमती पश्चात आन्दोलन हाललाई स्थगित गरिएको र अवरुद्ध रहेको बाटो खुलाइएको वडा अध्यक्ष विष्टले बताउनुभयो ।







