महोत्तरी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महोत्तरीको औरही नगरपालिका–२ निवासी सरोज कुमार यादवलाई पार्टीको केन्द्रीय अभियान तथा प्रचार–प्रसार विभागको सदस्य पदमा मनोनित गरेको छ।
पार्टी केन्द्रीय कार्यालयबाट २०८३ असार ८ गते जारी गरिएको पत्रअनुसार यादवलाई उक्त विभागको सदस्य पदमा मनोनित गरिएको हो। पत्रमा पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागको नियमावली र कार्यविधि बमोजिम आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।




रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले हस्ताक्षर गरेको मनोनयन पत्रमा यादवको पार्टी सदस्यता नम्बर समेत उल्लेख गरिएको छ। स्थानीय स्तरमा सक्रिय युवा नेताका रूपमा परिचित यादवको मनोनयनले पार्टी संगठन सुदृढीकरण तथा प्रचार–प्रसार अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।





