युरोपियन युनियन र संयुक्त राष्टसंघ महिला कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग, प्रोपव्लिकको अगुवाईमा निर्डस नेपाल धनगढी र सुशासन प्रर्वद्धनका लागि युवा सुर्खेतको साझेदारीमा संचालित लैगिंक समानताका लागि समाजिक जवाफदेहिता परियोजना अर्न्तगत सिरहा नगरपालिका वडा नम्वर ६को समन्वयमा सहभागीतामुलक योजना तर्जुमा तथा लैगिंकमैत्री वजेट विनियोजन सम्वन्धी अभिमुखीकरण कार्यक्रम २०८३ जेष्ठ २७ गते वडा कार्यालयको सभाहलमा सम्पन्न भयो ।

स्थानीय सरकारले प्रवाह गर्ने विकास र सेवासंग सम्वन्धित कार्यलाई लैगिंकमैत्री, जनमुखी, जवाफदेहि र पारदर्शि वनाउने साथै योजना तर्जुमाका ७ चरण तथा निर्णय प्रकियामा महिला तथा पछाडि पारिएको वर्ग, दलित जनजाती र अपांगता भएका व्यक्तिहरुको सहभागिता सुनिश्चित वनाउने उद्देश्यले आयोजना भएको सो अभिमुखीकरण कार्यक्रममा ५० जना भन्दा वढी स्थानीय महिला पुरुष, स्थानीय जनप्रतिनीधिहरुको सहभागिता रहेको थियो ।




कार्यवाहक वडा अध्यक्ष मुखलाल दाश तत्माको अध्यक्षतमा सम्पन्न भएको सो अभिमुखीकरण कार्यक्रम प्रो पव्लिकका परियोजना संयोजक अजय कुमार शाह र सहजकर्ता दुर्गा परियारले सहजीकरण गरेका थिए ।
सो कार्यक्रममा वडा नम्वर ६ वडा सदस्य मायावति महरा, वडा सदस्य उमेश यादव र वडा सचिव आशा यादवको पनि सहभागिता रहेको थियो । सो अभिमुखीकरण कार्यक्रममा लैगिंकमैत्री सेवा प्रवाह तथा वजेट विनियोजन गर्न, निर्णय तहमा महिलाको सहभागिता सुनिश्चितता गर्न, महिलाको आयआर्जन तथा रोजगारको लागि वार्षिक वजेट विनियोजन गर्न र आगामी दिनहरुमा योजना तर्जुमा वैठकमा महिलाको सहभागिता वृद्धि गर्ने र लैगिंकमैत्री वजेट निर्माणमा सहभागीहरुले जोड दिएका थिए ।

कार्यक्रमको अन्तमा महिलाहरुका मागहरु मनासिव रहेको र वडा नम्वर ६ महिला, ददित, अपांगता भएका व्यक्ति, अल्पसंख्यक र जेष्ठ नागरिकको पक्षमा रहेको कुरा वताउदै नगरपालिका जनप्रतिनीधिहरु विचमा समन्वय तथा द्धन्द्ध भएकाले समयमा वजेट विनियोजन हुन नसक्दा सेवाग्राही मारमा परेको कुरा वडा सचिव आशा यादवले वताउनु भयो । महिला हिंसा अन्त र लैगिंक समानता, लैैगिंकमैत्री वजेटका लागि वडा कार्यालय पनि आधा आकाश ओघटेका महिलाको पक्षमा रहेको कुरा वताउनु भयो । सो कार्यक्रममा प्रो पव्लिकाका टिम लिडर पोष्ट केसीले योजना तर्जुमा, महिला सहभागीता र लैगिंकमैत्री वजेट विनियोजनको महत्व र महिलाहको भुमिकाका वारेमा आपनो धारणा राख्नु भएको थियो ।





