रिंकु कुमारी मृत्यु प्रकरणले शुक्रबार रातिदेखि तनावग्रस्त बनेको बर्दिबास नगरपालिका–१२, विजलपुरा क्षेत्र श्रीमान शशी सिंहलाई पक्राउ र दोषीलाई कानुन बमोजिम कार्वाही गर्ने सहमती पछि साम्य भएको छ।
महोत्तरी क्षेन नं १ का सांसद प्रमोद कुमार महतो , वर्दिवास नगरपालिका मेयर प्रहलाद कुमार क्षेत्री लगायतका जनप्रतिनिधिहरु पुगेर आक्रोशित समुहलाई सम्झाइ बुझाइ निश्पक्ष हिसाबले छानबीन गरी दोषिलाई कानुन बमोजिम कार्वाही गरिने सहमती गराएपछि स्थिती नियन्त्रणमा लिइ अहिले अवस्था सामान्य भएको हो ।
अहिले घटनाको निष्पक्ष रुपमा छानबिन गर्ने सर्तमा बर्दिवासकी रिंकी कुमारीको शव उठाइएको छ। शनिबार दिउँसो घटनास्थलमै पीडित, स्थानीय भद्रभलादमी तथा प्रहरीबीच भएको सहमति अनुसार मृतकको शव पोस्टमार्टमका लागि जनकपुर पठाइएको हो ।











