सुजाता राई
विराटनगर। खोटाङ सामाजिक सेवा मञ्चको नियमित मासिक साहित्यिक कार्यक्रममा शनिबार गोला प्रथामार्फत दुई स्रष्टा पुरस्कृत भएका छन्। कार्यक्रममा एकराज भट्टराई र शम्भु भट्टराईलाई पुरस्कृत गरिएको हो।



उपभोक्ता संघ तथा खोटाङ सामाजिक सेवा मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी (मर्सेली) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रज्ञा विवश पोखरेल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, प्रा.डा. मिनराज ढकाल, प्रा.डा. मेदिनी शर्मा, नेपाली लेखक गोकुल अधिकारी, एकराज भट्टराई, मिनेन्द्र बा. कार्की, साहित्यकार निर्मला पोखरेललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा कविता, गजल, मुक्तक तथा अन्य विभिन्न साहित्यिक विधाका रचनावाचन प्रस्तुत गरिएको थियो। सहभागीहरूले रचनावाचनले कार्यक्रमलाई थप प्रभावकारी र सिर्जनात्मक बनाएको प्रतिक्रिया दिएका थिए।
कार्यक्रममा पाँच दर्जनभन्दा बढी साहित्यप्रेमी तथा स्रष्टाहरूको सहभागिता रहेको थियो।






