सांकेतिरक तस्बिर
धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीमा पाँच वर्षीया बालिकामाथि धारिलो हतियार प्रहार गरी हत्याको प्रयास भएको छ।
स्थानीय अवधेश रायका २४ वर्षीय छोरा आकाश राय उर्फ सदानन्द रायले आफ्नै काकाकी छोरी लक्ष्मी रायलाई घरमा बोलाई घाँटी, टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेको आरोप लागेको छ। गम्भीर घाइते बालिकालाई तत्काल उद्धार गरी उपचारका लागि विराटनगर पठाइएको छ।



स्थानीयका अनुसार शनिबार दिउँसो भएको घटनापछि बालिकालाई रक्ताम्य अवस्थामा घरभित्रको सन्दुक (काठको दराज) मा राखिएको थियो। उनीसँगै खेलिरहेकी अर्की बालिकाले परिवारलाई जानकारी दिएपछि घटना बाहिर आएको हो।
प्रारम्भिक रूपमा पारिवारिक जमिन विवादका कारण घटना भएको आशंका गरिएको छ। घटनापछि आरोपी सदानन्द राय फरार रहेका छन् भने प्रहरीले उनको खोजी तीव्र पारेको जनाएको छ।





