सुजाता राई
विराटनगरमा विराट मैथिल नाट्यकला परिषद्को आयोजनामा नियमित मासिक बहुभाषिक कवि गोष्ठी सम्पन्न भएको छ।
विराटनगर–९ स्थित स्वर संगम संगीतालयको सभाहलमा शनिबार आयोजित गोष्ठीमा विभिन्न भाषाभाषीका साहित्यकार तथा स्रष्टाहरूको सहभागिता भयो।



परिषद्का अध्यक्ष डोमी कामत (ज्योति)को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्राडा मेदिनीप्रसाद शर्मा तथा विशिष्ट अतिथिका रूपमा स्वर संगम संगीतालयका अध्यक्ष कुशेश्वर राई, अग्रज साहित्यकार बलराम पोखरेल, विभागीय प्रमुख शिवनारायण सिङ्गल, लोचन रिजाल, मञ्जु घिमिरे (दाहाल) लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न भाषाभाषीका साहित्यिक रचना वाचन गरिनुका साथै उत्कृष्ट नाटक प्रस्तुत गरिएको थियो। विविध भाषाका रचना वाचन र नाट्य प्रस्तुतिले कार्यक्रमलाई थप ऊर्जा प्रदान गरेको सहभागीहरूले बताएका थिए।
गोष्ठीमा चार दर्जनभन्दा बढी साहित्यकार तथा स्रष्टाको सहभागिता रहेको थियो। बदनिया कुमारी शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सुशीला प्रसाईंले सञ्चालन गरेकी थिइन्।





