काठमाडौँ । रसुवामा बुधबार बिहान आएको ठुलो बाढीपहिरो आएपछि ट्राफिक प्रहरीले चार जिल्लातर्फ जाने सवारीसाधनलाई काठमाडौँमै रोकेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता नरेश राज सुवेदीले काठमाडौँ चार जिल्लातर्फ जाने सवारीसधान रोकिएको जानकारी दिनुभयो ।



उहाँका अनुसार काठमाडौँबाट रसुवा, नुवाकोट, चितवन र धादिङतर्फ जाने सवारीसाधन रोकिएका छन् ।
बाढीपहिरोका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै ती जिल्लातर्फ जान लागेका सवारीसाधनलाई काठमाडौँमै रोकिएको हो ।




