काठमाडौँ– रसुवा बाढीपछि देशमा उत्पन्न असहज परिस्थितिप्रति सर्वदलीय बैठकले १० निर्णय गरेको छ।
बिहीबार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकले राहत कार्यमा राजनीतिकरण नगर्ने, आर्थिक सहयोग संकलनमा सरकारी एकद्वार प्रणालीको पालना गर्नेलगायत १० निर्णय गरेको हो।



अन्य निर्णयहरूमा सामाजिक सञ्जालको विवेकसम्मत प्रयोग, हिमतालहरूको वैज्ञानिक अध्ययन र नक्साङ्कन गर्न माग, विपद् कूटनीतिक विस्तार, बाढीमा परेकाहरूको उद्धार, राहत र व्यवस्थापनमा गर्नुपर्ने, पुनर्निर्माण राष्ट्रिय अभियान सुरू गर्नुपर्ने, अन्तर्राष्ट्रिय संस्थालाई सहयोग अपिल गर्नेजस्ता निर्णय भएका छन्।
बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतको सहभागिता थियो।
यस्ता छन् सर्वदलीय बैठकका निर्णयहरू:




