बर्दिवास। इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत नीति तथा अनुपालनसम्बन्धी पुनर्ताजगी तालिम आयोजना गरेको छ।
संस्थाका कर्मचारी तथा सम्बन्धित प्रतिनिधिहरूको सहभागितामा आयोजित तालिममा संस्थागत नीति, नियम तथा अनुपालनका विषयमा जानकारी गराइएको थियो। सहभागीलाई संस्थाको नीति तथा कार्यप्रणालीबारे थप स्पष्टता प्रदान गर्दै कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जनाइएको छ।



कार्यक्रमको उद्देश्यको बारेमा कर्जा विभाग प्रमुख अमर नाथ सेढाइले प्रस्ट्याउनु भएको थियो भने कार्यक्रम संचालन अनुगमन अधिकृत बिनोदकुमार भट्टराइले गर्नुभएको थियो ।
कार्यक्रम वर्दिवास स्थित होटेल टिका टेम्पलमा आयोजना गरिएकोमा सैस्थाका ८ वटा शाखामा कार्यरत शाखाका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
तालिममा संस्थागत नीति तथा अनुपालनको महत्व, कर्मचारीको जिम्मेवारी र संस्थागत कार्यप्रणालीका विषयमा पुनर्ताजगी गराइएको थियो। तालिममा सहभागीहरूले संस्थाको सेवा प्रवाह तथा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन यस्ता कार्यक्रम उपयोगी हुने बताएका छन्।




