सुजाता राई
विराटनगर। साहित्यमा पुर्याएको योगदानको मूल्यांकन गर्दै साहित्यकार लक्ष्मी रायमाझी खड्कालाई सम्मान गरिएको छ।
नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाको ४७औँ शृङ्खलाका अवसरमा दाहाल प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा रायमाझीलाई सम्मान गरिएको हो। सोही अवसरमा प्रवीण जोशीद्वारा सम्पादित ‘शृङ्खला’ पत्रिकाको २२३औँ अङ्क तथा चारु सङ्ग्रहसमेत विमोचन गरिएको थियो।




नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाकी अध्यक्ष मञ्जु घिमिरे (दाहाल) को अध्यक्षतामा भएको कार्यक्रममा चेतना प्रतिष्ठान नेपालकी अध्यक्ष गंगा सुवेदी प्रमुख अतिथि थिइन्। अग्रज साहित्यकार बलराम पोखरेल र विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल विशिष्ट अतिथि थिए।

चारु प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थी, मुक्तक प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेल र साहित्यकार लक्ष्मी रायमाझी खड्का विशेष अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा नारी संस्था समाजकी अध्यक्ष ममता मृदुल, दाहाल प्रतिष्ठानका केन्द्रीय महासचिव सूर्यकुमार दाहाल, केन्द्रीय सदस्य मोहनप्रसाद दाहाल, अग्रज साहित्यकार श्रीप्रसाद पोखरेल, सुरेन्द्र दाहाल, गोपाल निर्भिक, जयन्ता प्रधानाङ्ग, सुरेश अग्रवाल, भूपाल अधिकारी, राकेश दाहाललगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा प्रेमप्रसाद रिजाल, सुशील घिमिरे, किरण अञ्जान, जयन्ता प्रधानाङ्ग, ऋषि तिवारी, सुरेश अग्रवाल, कुमार श्रेष्ठ, लक्ष्मी युक्मी, रेनुका राई, गीता देवी पोखरेल, गोमा घिमिरे, नानुमाया दाहाल, अंशु कुमार गुप्ता, गोविन्दा भगत, सुशीला प्रसाई ढुङ्गाना, शारदा भट्टराई, अच्छुतमणि पौडेल, चुडामणि गोपाललगायतले विभिन्न विधाका रचना वाचन गरेका थिए। रचना वाचनले कार्यक्रमलाई साहित्यिक माहोलमा थप जीवन्त बनाएको थियो। असल श्रोताका रूपमा छ्न्द बाटिकाको अध्यक्ष हरि कट्टेल, साहित्यकार शैलेन्द्र घिमिरे र सुरेन्द्र दाहाल रहेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य भूपाल अधिकारीले दिएका थिए भने सञ्चालन संस्थाकी सचिव सुजाता राईले गरेकी थिइन्। स्रष्टा परिचय संस्थाका सदस्य कुमार श्रेष्ठले गराए, सम्मानपत्र कोषाध्यक्ष ऋषि तिवारीले वाचन गरे भने अतिथिहरुलाई फूलमालाले सह-सचिव रेणुका राईले स्वागत गरिन्।
स्रष्टाहरूको बाक्लो उपस्थिति र उत्कृष्ट रचना वाचनले कार्यक्रमलाई थप साहित्यिक तथा मनमोहक बनाएको थियो।






