काठमाडौं – महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औं जन्म जयन्ती आज विविध कार्यक्रम गरी मनाईंदै छ।
उनलेले नेपाली साहित्यमा पु¥याएको योगदानलाई स्मरण गर्दै हरेक वर्षको नेपालसँगै भारतका विभिन्न भुभाग र नेपाली भाषीको बाहुल्य क्षेत्रमा लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ।



उनको जन्म विसं १९६६ साल कात्तिक औंशीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साईलो छोराको रुपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गर्नुगरेका थिए।
देवकोटाका चर्चित कृतिहरुमा ‘भिखारी’ कविता संग्रह, ‘मुनामदन’ खण्डकाव्य, ‘शाकुन्तल’ महाकाव्यलगायतका छन् । ‘लक्ष्मी कविता संग्रह’, ‘मायाविनी सर्सी’ खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य पनि चर्चित कृतिका रुपमा रहेको छ ।
नेपाली साहित्यमा नयाँ प्रयोगसँगै एक मूर्धन्य साहित्यकारको छवि बनाउनु भएका देवकोटा राणा शासनको समयमा जनताले समेत अध्ययन गर्न पाउनुपर्ने क्रान्ति गरेबापत पटक पटक जेल समेत पर्नु भएको थियो । देवकोटा २०१५ सालमा गठित पहिलो जनप्रतिनिधिमूलक सरकारको शिक्षामन्त्री पनि बन्नुभएको थियो । अहिले उहाँ जन्मिएको घरलाई सरकारले संग्रहालयको रुपमा विकास गरेको छ ।




